अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ५२९३ जना निको हुँदा ३७४९ जनामा कोरोना पुष्टि

आज ५२९३ जना निको हुँदा ३७४९ जनामा कोरोना पुष्टि


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआरबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट परीक्षण गर्दा हालसम्म १७ हजार ७१४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, आज ५ हजार २९३ जना संक्रमण मुक्त भएका छन । योसँगै संक्रमित हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेकोको मन्त्रालयले जनाएको छ ।