अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ ।

आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्न असफल हुनु भएको हो । योसँगै मुख्यमन्त्री गुरुङ पदमुक्त हुनु भएको छ ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनु भएका गुरुङले संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिनुभएको हो ।

मतदानमा आज ५८ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ ।

प्रस्ताव अस्वीकृत भएसँगै उहाँ मुख्यमन्त्री पदबाट मुक्त हुनु भएको छ ।

मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन् । तीन जना सांसद रहेको जनमोर्चाका एक सांसद भने तटस्थ बस्नुभएको छ ।