पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ
विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई प्रहरीले लेकसाइडको एक होटलबाट पक्राउ गरेको हो ।
डिएसपी तथा प्रवक्ता सुवास हमालका अनुसार पक्राउ परेका लामालाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको हो ।
मनाङ्गे बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कविहीन हुनुभएको थियो । मनाङ्गे आज विश्वासको प्रस्तावमा मतदान गर्न पनि उपस्थित हुनु भएन ।







प्रतिक्रिया