अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक : इमान्दारका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन

मन्त्रिपरिषद् बैठक : इमान्दारका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं- नयाँ मन्त्रीहरूको सपथ र पदभार ग्रहणलगत्तै सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।बिहीबार सवा ६ बजेदेखि बसेको बैठक झण्डै सवा ७ मा सकिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरूलाई आआफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्न निर्देशन दिनुभएको थियो । साथै, उहाँले नवनियुक्त मन्त्रीहरूलाई बधाई र शुभकामनासमेत दिनुभयो ।

आज सात मन्त्री र एक राज्यमन्त्री नियुक्त हुनु भएको छ । योसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।