पोखरा– पोखरा अघिल्लै महिना देखि तातिएको गण्डकीको राजनीतिको तापक्रम उच्च विन्दुमा पुगेको छ ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछि अब नयाँ सरकार कसरी बन्छ भन्ने अड्कलबाजी जारी छ । विश्वासको मत नपाएसँगै गण्डकी सरकार स्वतः ढल्यो । हिजो भएको मतदानमा सरकारको पक्षमा २७ मत र विपक्षमा ३० मत खस्यो ।
सरकार ढले पनि त्यही सरकारका युवा तथा खेलकुद मन्त्री दिपक मनाङेले राति ११ बजेतिर राजीनामा पत्र मुख्यमन्त्रीलाई बुझाउनुभयो । त्यसकै छेक पारेर मुख्यमन्त्री गुरुङले मनाङेको राजीनामा स्विकृत गर्ने होइन, बर्खास्ती गरिदिनुभयो ।
राजनीतिका जानकारहरु भन्छन् ‘पद गुमीसकेका मन्त्रीले न राजीनामा दिनु पथ्र्यो र त्यही अवस्थामा भएका मुख्यमन्त्रीले न पदमुक्त गर्न मिल्थ्यो । यी दुवै राजनीतिका अनौठा नमूना हुन् । ’







प्रतिक्रिया