अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखले बोलाउनुभयो दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीलाई

सभामुखले बोलाउनुभयो दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीलाई


काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीलाई बोलाउनुभएको छ ।

प्रतिनिधिसभा विघटनपछिको उत्पन्न परिस्थितिबारे छलफल गर्नका लागि भन्दै बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ ।

बैठकमा सहभागी हुनका लागि सबै दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीलाई बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

पूर्वसभामुख तथा कानुनविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।