अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘लिक्विड स्प्रे’ गरेर चुरेका चिरा टालिन्छ : वनमन्त्री राना

‘लिक्विड स्प्रे’ गरेर चुरेका चिरा टालिन्छ : वनमन्त्री राना


काठमाडौं- नवनियुक्त वन तथा वातारण मन्त्री नारादमुनी रानाले चुरेको विनास रोक्न आधुनिक स्प्रे विधिको प्रयोग गरिने बताउनुभएको छ ।

नेपाली बहस डट कमसँग कुरा गर्दै मन्त्री रानाले चुरे संरक्षण मन्त्रालयको प्राथमिकताको कार्यक्रम भएको बताउनुभयो । उहाँले चुरेको विनास रोक्न र भइसकेको विनासबाट थप क्षति हुन नदिन आधुनिक र यान्त्रिक विधि प्रयोग गरिने बताउनुभएको छ । ‘ चुरे संरक्षणका लागि एउटा नयाँ मेकानिज्म रहेछ ‘ मन्त्री रानाले भन्नुभयो ‘ एउटा लिक्विड स्प्रे पाउदो रहेछ त्यसले चुरेमा परेका चिरालाई टाल्दो रहेछ, थुन्दो रहेछ ,पानीको सिपेजलाई कन्ट्रोल गर्दो रहेछ । त्यसलाई हामी प्रयोग गर्छौं ।’

लिक्विड स्प्रे प्रविधि आफूले विदेशमा पनि हेरेको उल्लेख गर्दै मन्त्री रानाले नेपालको चुरे क्षेत्र अब त्यसै ढंगले संरक्षण गरिने जानकारी दिनुभयो । ‘अब हामी चुरेलाई नयाँ ढंगले, नयाँ प्रविधिको माध्यमबाट संरक्षणको प्रक्रिया अघि बढाउछौं ’ मन्त्री रानाले भन्नुभयो ‘ मैले विदेशमा पनि हेरेको छु जहाँ जहाँ चुरे चिरा परेको छ त्यहाँ एउटा स्प्रे गर्ने लिक्विड पाउदो रहेछ । त्यसले माटोलाई टाल्दो रहेछ । ’