अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टाभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न गण्डकी प्रदेश प्रमुखको आहवान

२४ घण्टाभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न गण्डकी प्रदेश प्रमुखको आहवान


काठमाडौं– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न आह्वान गर्नुभएको छ ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार शनिबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेस गर्न पौडेलले प्रदेशसभा सदस्यहरुलाई आह्वान गर्नुभएको छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ ।

वैशाख २९ गते संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत माग्नुभएको थियो । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको छ ।