अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा विचाराधिन मुद्दामा सभामुख खुरुखुरु छलफलमा

सर्वोच्चमा विचाराधिन मुद्दामा सभामुख खुरुखुरु छलफलमा


काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले धमाधम छलफल गरिरहनुभएको छ ।

साताअघि वकिलसँग छलफल गर्नुभएका सापकोटाले शुक्रबार दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाएर बानेश्वरस्थित संसद भवनमा छलफल गर्नुभयो । बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जानुभएन ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, राप्रपा नेता दीपक बोहरा, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायतको उपस्थिति थियो।

बाबुराम भट्टराईले भने अदालतको फैसला मान्दिन भन्न नपाए पनि विचाराधिन मुद्दामा छलफल गर्न पाइने दलिल गर्नुभयो ।