अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको हत्या षडयन्त्र हुंदै रहेछ : बाँस्कोटा

प्रधानमन्त्रीको हत्या षडयन्त्र हुंदै रहेछ : बाँस्कोटा


काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको हत्याको षडयन्त्र भएको आशंका व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आँफै तयार रहेको भनेर अभिव्यक्ति दिउपछि बाँस्कटाले यस्तो आशंका गर्नुभएको हो । बाँस्कोटाले ट्विट गर्दै प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ भन्नुभएको छ । बागमती प्रदेशसभामा वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रम ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताउनुभएको थियो । वैद्यको भनाई यस्तो थियो ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु।’

बाँस्कोटाले लेख्नुभएको छ केपी ओली नमारे काँग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ रु ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैनरु काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।