काठमाडौं -नेकपा एमालेका नेता एवं पूर्व मन्त्री महेश बस्नेतले ‘नाथुराम गौडसे’लाई तत्काल पक्राउ गर्न माग गर्नुृभएको छ ।
बाग्मती प्रदेश सभामा आज काँग्रेस तर्फका प्रदेश सभासदस्य नरोत्तम बैद्यले आफू केपी ओलीका लागि नाथुराम गौडसे हुन तयार रहेको बताउनुभएको थियो ।
नेता बस्नेतले सामाजिक सञ्जालमा लेख्दै प्रहरीले गौडसे उर्फ नरोत्तम बैद्यलाई पक्राउ नगरे सडकबाटे प्रतिरोध हुने चेतावनी दिनुभएको छ । ‘प्रधानमन्त्री केपी ओलीका लागि हजारौं समर्थक र शुभचिन्तक मर्न र मार्न तयार छन् ’ बस्नेतले लेख्नुभएको छ ‘मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्ष गर्न जे गर्न पनि तयार छन् । ’







प्रतिक्रिया