अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यद्वारा संसदमै माफी

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यद्वारा संसदमै माफी


काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले संसदबाटै प्रधानमन्त्रीविरुद्धको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी माग्नुभएको छ ।

शनिबारको बागमती प्रदेश सभामा बोल्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिप्रति आत्मालोचना गर्नुभएको हो । ‘म महात्मा गान्धी मान्ने मान्छे, वचनले पनि हिंसा हुनुहुँदैन भन्ने मान्छे,’ उहाँले भन्नुभयो, ‘तर आवेसमा आएर बोलेँ ।’

वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो ।