अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलद्वारा वैद्यको अभिव्यक्तिको भत्र्सना, प्रदेशसभाको रेकर्डबाट हटाउन माग

एमाले संसदीय दलद्वारा वैद्यको अभिव्यक्तिको भत्र्सना, प्रदेशसभाको रेकर्डबाट हटाउन माग


हेटौँडा- बागमती प्रदेशको नेकपा एमाले संसदीय दलले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज सभामुखलाई पत्र पठाउँदै एमाले संसदीय दलले बैद्यको अभिव्यक्तिको भत्र्सना गर्दै अविलम्ब प्रदेश सभाको रेकर्डबाट हटाउन मागसमेत गरेको हो ।

‘प्रदेश सभाको माननीय सदस्यले प्रदेश सभाको गरिमामय बैठकमा रोष्टममा उभिएर सम्माननिय प्रधानमन्त्री ज्यूको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिव्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको छ,’ संसदीय दलका मुख्य सचेतक दीपक निरौलाद्वारा जारी पत्रमा भनिएको छ, ‘वैद्यले दिनुभएको अभिव्यक्ति ज्यादै अमर्यादित, असंसदीय र मुलुकको संविधान र कानुन विपरित छ । माननीय नरोत्तम बैद्यले प्रदेश सभाको बैठकमा अभद्र व्यवहार प्रस्तुत गर्नुभएको छ । उहाँले सभामा प्रस्तुत गर्नुभएको अभिव्यक्तिको भत्र्सना गर्दै अविलम्ब प्रदेश सभाको रेकर्डबाट हटाईयोस् भनी माग गर्दछौं ।’

एमाले संसदीय दलले प्रदेशसभाको प्रतिष्ठामा गम्भीर धक्का पुर्‍याउने सदस्यलाई प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारबाही गर्नसमेत माग गरेको छ ।

‘प्रदेश सभाको बैठकलाई मर्यादित र सुव्यवस्थित गराउने कर्तव्य माननीय सदस्यको पनि थियो । तर, प्रदेश सभा नियमावली विपरीत प्रदेश सभामा अमर्यादित, अभद्र व्यवहार प्रस्तुत गरी प्रदेश सभाको प्रतिष्ठामा गम्भीरर धक्का पुर्‍याउने सदस्यलाई प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारबाही अगाडि बढाई गरिमामय बागमती प्रदेश सभाको मर्यादा र सुव्यवस्था कायम राख्नेतर्फ तत्काल पहलकदमी लिइयोस् भनी माननीय सभामुख ज्यूको ध्यानाकर्षण गराउँदछौं,’ पत्रमा भनिएको छ ।

एमाले संसदीय दलले सभामुखलाई पठाएको पत्र :

माननीय सभामुख ज्यू
बागमती प्रदेश सभा

विषय- ध्यानाकर्षण सम्बन्धमा ।

बागमती प्रदेश सभाको मिति २०७८-०२-२८ गते शुक्रबारको बैठकमा नेपाली काँगे्रसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिनुभएको अभिब्यक्ती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रदेश सभाको माननीय सदस्यले प्रदेश सभाको गरिमामय बैठकमा रोष्टममा उभिएर सम्माननिय प्रधानमन्त्री ज्युको हत्या गर्न तयार रहेको छु भन्ने जस्ता अभिब्यक्तिले प्रदेश सभाको मर्यादा र प्रतिष्ठामा धक्का पुगेको छ । उहाँले दिनुभएको अभिब्यक्ति ज्यादै अमर्यादित, असंसदीय र मुलुकको संबिधान र कानुन बिपरित छ । माननीय नरोत्तम बैद्यले प्रदेश सभाको बैठकमा अभद्र ब्यबहार प्रस्तुत गर्नुभएको छ । उहाँले सभामा प्रस्तुत गर्नुभएको अभिब्यक्तिको भत्र्सना गर्दै अविलम्ब प्रदेश सभाको रेकर्डबाट हटाईयोस् भनी माग गर्दछौं । प्रदेश सभाको बैठकलाई मर्यादित र सुब्यवस्थित गराउने कर्तब्य माननीय सदस्यको पनि थियो । तर प्रदेश सभा नियमावली विपरीत प्रदेश सभामा अमर्यादित, अभद्र ब्यबहार प्रस्तुत गरी प्रदेश सभाको प्रतिष्ठामा गम्भिर धक्का पुर्‍याउने सदस्यलाई प्रदेश सभा नियमावली २०७४ को नियम ३१ र ३२ बमोजिम कारबाही अगाडि बढाई गरिमामय बागमती प्रदेश सभाको मर्यादा र सुब्यवस्था कायम राख्नेतर्फ तत्काल पहलकदमी लिइयोस् भनी माननीय सभामुख ज्यूको ध्यानाकर्षण गराउँदछौं ।

मुख्य सचेतक
दीपक निरौला
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
संसदीय दल, बागमती प्रदेश
२०७८-०२-२९