अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


हेटौँडा- बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि संसोधन प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो । ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल-झलनाथ खनाल पक्ष एक भएका थिए ।

बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका गर्नु भएको थियो । शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राख्नु भएको थियो ।