अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङको दाबी

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङको दाबी


पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उहाँले मुख्यमन्त्रीमा दाबी गर्नु भएको हो ।

गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गर्नु भएको बताइएको छ ।

२७ गते विश्वासको मत नपाएका गुरुङले अहिले फेरि दाबी गर्नु भएको हो ।

यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखसामु उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसक्नुभएको छ ।

जेठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सीता पौडेलले आज तीन बजेसम्मको समय दिनुभएको थियो ।