काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थपिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा थपिने बताउनुभयो । उहाँले कति साताको लागि निषेधाज्ञा थपिने भन्नेबारे कुनै निर्याण नभएको बताउनुभयो ।
‘निषेधाज्ञा कति लम्ब्याउने भन्ने कुरा आएको छैन । धेरै मिडियाका साथीहरूले यस विषयमा जिज्ञासा राख्नु भएको छ तर, निषेधाज्ञा एक साता, १० दिन वा १५ दिन कति समयको लागि लम्ब्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ,’ प्रजिअ निरौलाले भन्नुभयो ।
अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उहाँले बताउनुभयो । साथै, यस विषयमा अन्य जिल्ला अधिकारीहरूसँग छलफल हुन बाँकी रहेको उहाँले भन्नुभयो ।
‘अहिले बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब केही सयम थप गरेको खोल्न दिइने छ,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया