काठमाडौं- नेपालमा एकैदिन ४५ हजार २९९ जनाले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । शुक्रबार भने कोरोनाविरुद्धको दोस्रो डोज लगाइएन ।
शुक्रबारसम्म २३ लाख ८३ हजार ९८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार साँझसम्म २३ लाख ३७ हजार ७९९ जनाले पहिलो डोज लगाएका थिए । मन्त्रालयका अनुसार बिहीबारपछि कोरोनाविरुद्धको दोस्रो डोज दिइएको छैन् ।
शनिबार सार्वजनिक विवरण बमोजिम नेपालमा कोरोनाका दोस्रो डोज लिएका ब्यक्तिको संख्या ६ लाख ९१ ह्जार ४९४ रहेको छ ।
नेपालमा माघ दोस्रो सातादेखि खोप कार्यक्रम सुरु भएको थियो । हाल ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइदैछ ।
प्रतिक्रिया