अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् : पृथ्वी सुब्बा गुरुङ

सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् : पृथ्वी सुब्बा गुरुङ


पोखरा– गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको बताउनुभएको छ ।

राजनीतिमा ल्याउनेदेखि मन्त्री बनाउनेसम्म आफैंले गरेको भन्दै गुरुङले आफूलाई यो भन्दा ठूलो धोका अरु नहुने बताउनुभयो । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले भन्नुभयो, ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’

गुरुङले मनाङेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री बनाउनुभएको थियो । पछिल्लो पटक उहाँले कित्ता फेरेर विपक्षीतिर लागेपछि वैकल्पिक सरकार बनेको छ ।