सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई १९ बुँदे मागपत्र बुझाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कर्णाली प्रदेश सभा दलका दलनेता यमलाल कँडेल नेतृत्वको टोलीले मुख्यमन्त्री शाहीलाई आज १९ बुँदे मागपत्र बुझाउनुभएको हो ।
सो क्रममा आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र वजेटका सम्वन्धमा छलफल भएको छ । छलफलका कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको वजेटमा समावेश गर्न आग्रह गर्दै १९ बुँदे मागपत्र पेश गर्नु भएको हो ।
मागपत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ ।
यसअनुसार दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड बजेट व्यवस्था गर्न, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र कम्तीमा १० करोड बजेट विनियोजन गर्न माग गरिएको छ ।









प्रतिक्रिया