काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नु भएको छ । उहाँले आज भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गर्नु भएको हो ।
रूपन्देहीको सिमरहवामा स्थापना हुने यो प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुनेछ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।
शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गर्दै उहाँले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ ।’
प्रतिक्रिया