अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा, खाद्यान्न पसल ११ बजेसम्म खोल्न पाइने

उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा, खाद्यान्न पसल ११ बजेसम्म खोल्न पाइने


काठमाडौं- काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता लम्ब्याउने निर्णय भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । अब खाद्यान्न पसल ११ बजेसम्म खुल्ने छन् ।

कुन-कुन क्षेत्र खुल्ने? 

खाद्यान्न ११ बजेसम्म

अनलाइन डेलिभरी दिने

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने

कृषि कार्य सञ्चालन गर्न दिने

भिसा लिनका लागि सहजिकरण गर्ने