काठमाडौं- नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षको पनि सहभागीता हुने अपेक्षा गरेको छ ।
नेकपा एमाले स्थायी कमिटी सुवासचन्द्र नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतिमा ल्याएर बैठकमा राख्ने योजना छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन्,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘आशा छ हाम्रो कोसिस सफल हुन्छ ।’
नेम्वाङले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिनुभयो । प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका सांसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाउँ । तिनीहरु पनि मिल्दै जान्छन्,’ नेम्वाङले भन्नुभयोm ‘मिलेका कुराको नतिजा प्रदेशमा, संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोसिस जारी छ । ’







प्रतिक्रिया