अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाका मन्त्रीहरूलाई उपेन्द्र यादवको स्पष्टीकरण

जसपाका मन्त्रीहरूलाई उपेन्द्र यादवको स्पष्टीकरण


काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुभएका जसपाका मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोध्नुभएको छ ।

पार्टी निर्णयबिना सरकारमा सहभागी भएकोबारे स्पष्टीकरण सोधिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । स्पष्टीकरण बुझाउन सात दिनको म्याद दिइएको छ ।

सरकारमा जसपाको नेतृत्व गर्नुभएका राजेन्द्र महतोले उपप्रधानमन्त्री र सहरी विकास मन्त्रालय पाउनुभएको छ ।

शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।

राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको छ । यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुनुभएको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टी निर्णयको पत्र दिएपछि अध्यक्ष ओलीले मन्त्री नियुक्त गर्नुभएको थियो ।