अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकताको सुत्र सुझाउन उपप्रधानमन्त्री पौडेल वामदेव गौतम

पार्टी एकताको सुत्र सुझाउन उपप्रधानमन्त्री पौडेल वामदेव गौतम


काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल एमाले उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा पुग्नुभएको छ ।

एमाले स्थायी कमिटी बैठकमा सहभागिताको विषयमा छलफल गर्न उपप्रधानमन्त्री पौडेल गौतम निवास पुग्नुभएको हो । उहाँहरुबीच असार २ गते बोलाइएको स्थायी कमिटी बैठकमा सहभागिताको विषयमा छलफल भएको बताइएको छ ।

माधव नेपालले नयाँ पार्टी बनाएर त्यतै जान्छु भनेर सार्वजनिक घोषणा गर्नुभएका गौतमलाई मनाउन पौडेल जानुभएको हो ।

प्रदेशमा एमाले एकढिक्का भइरहेकाबेला शीर्ष नेताहरुलाई मिल्न दबाब परिरहेको छ ।