अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा सुरु गर्ने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा सुरु गर्ने


दाङ- कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ ।

कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएपछि अस्पतालले आईसीयू र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।

कोरोना सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आईसीयू र ओपीडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.सङ्गीता भण्डारीले बताउनुभयो । उहाँका अनुसार पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा सुरु गर्न थालिएको हो ।

कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ ।