अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा सुत्केरीको मृत्यु

उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा सुत्केरीको मृत्यु


ओखलढुङ्गा- उच्च रक्तस्रावका कारण ओखलढुङ्गामा एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका-६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।

डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा मृत्यु भएको स्थानीयवासी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपत्कालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।