अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता खनाललाई वार्डमा सारियो, अक्सिजनको सपोर्टमा उपचार हुँदै

नेता खनाललाई वार्डमा सारियो, अक्सिजनको सपोर्टमा उपचार हुँदै


काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा राखेर उपचार सुरु गरिएको छ ।

खनालको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको हो ।

उहाँलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो । खनाललाई ९ दिनदेखि ज्वरो आएको थियो ।

‘ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उहाँ नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनु भएको थियो,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ ।

खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ।