अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री मनाङ्गेलाई कारवाही गर्न खेलकुद परिषद्को माग

मन्त्री मनाङ्गेलाई कारवाही गर्न खेलकुद परिषद्को माग


काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका सांसद एवं नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)लाई कारवाही गर्न माग गरेको छ । गण्डकी अनलाईन न्युज टेलिभिजनमा अन्तर्वार्तामा दिएको अभिव्यक्ति अराजक एवं अशिष्ट रहेको भन्दै परिषद्ले मनाङ्गेलाई कारवाहीको माग गरेको हो ।

मनाङ्गले परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवाल तथा परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अमर्यादित तथा लाल्छनायुक्त अभिव्यक्ति दिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिव्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैँमा खेदजनक रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

खेलकुदको विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य-सचिव सिलवाल तथा सदस्य गुरुङबारे यस्ता अभिव्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

परिषद्ले मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कारबाहीको समेत माग गरेको छ ।