अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री आलेद्वारा घाइते बालकलाई आर्थिक सहयोग

पूर्वमन्त्री आलेद्वारा घाइते बालकलाई आर्थिक सहयोग


काठमाडौं- निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका-७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले रु १५ हजार उपचारका लागि प्रदान गर्नुभएको हो ।

पत्रकार दाने बोहरामार्फत राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खातामा उपचारकारका लागि उक्त रकम पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । ती बालक माटो खन्ने क्रममा यही जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए ।

केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार बोहराले जानकारी दिनुभयो ।

घाइते बालकका बुबाको केही वर्षअघि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कलेउनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको समाचार आएपछि नेकपा एमालेका नेता आलेले उक्त रकम सहयोग गर्नुभएको हो ।