अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा दुई महिना दैनिक धारामा पानी नआउने

उपत्यकामा दुई महिना दैनिक धारामा पानी नआउने


काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मंंगलबारदेखि काठमाडौं उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रूपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो ।

सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ ।

त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ ।

दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।