अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने

पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने


गोरखा- गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने घोषणा गर्नु भएको छ । मुख्यमन्त्री हुँदा उहाँकै सचिवालयमा प्रेस संयोजक रहनुभएका विक्रम न्यौपानेले गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गर्नु भएको हो ।

‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन । उहाँले त्यस्तो सुविधा लिनु हुने छैन,’ न्यौपानेले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

हालसालै नवगठित नेपाली कांग्रेस नेतृत्वका सरकारले प्रदेशका पूर्वमुख्यमन्त्रीलाई सुरक्षालगायत सुविधा दिने गरी ऐन ल्याउने तयारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकले आइतबार यस्तो ऐन बनाउने निर्णय गरेको थियो । प्रदेश सरकारको पहिलो निर्णय नै सेवासुविधासम्बन्धी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।