अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्रोही सांसद सहित एमाले कर्णालीको संसदीय दलको बैठक बोलाइयो

विद्रोही सांसद सहित एमाले कर्णालीको संसदीय दलको बैठक बोलाइयो


काठमाडौं- एमालेले कारबाही गरेर संसद पद खोसे पनि अदालतले बहाली गरिदिएका चारजना सांसद सहित संसदीय दलको बैठक केहीबरेमा बस्दैछ ।

कर्णाली प्रदेशसभा एमाले संसदीय दलका नेता यामलाल कँडेलका अनुसार बैठकमा बहाली भएर आएर चारैजना सांसदलाई बैठकमा डाकिएको छ । एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीन जनालाई मन्त्री बनाइएको छ। एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ । अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ ।

‘कर्णाली प्रदेशसभामा दुईवटा एमाले छन् । एउटा सरकारमा एउटा प्रतिपक्षमा । दुइटैलाई मिलाउने मेरो कोसिस छ । त्यसका लागि अहिले ८ बजे संसदीय दलको बैठक बोलाएको छु,’ कँडेलले नेपाली बहस डट कमसँग भन्नुभयो ।

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम संसदमा आज निर्णयार्थ पेस हुँदैछ । एमाले एक ढिक्का सरकारले पेस गरेको नीति कार्यक्रम असफल हुन्छ । ४० जना सांसद रहेको कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद छन् ।