सुर्खेत– कर्णाली प्रदेशमा एमालेका विद्रोही चार सांसदले नेता माधवकुमार नेपालको सिग्नल पर्खिरहेका छन् ।
सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि एकीकृत संसदीय दलको बैठक सुरु हुनुअघि प्रकाश ज्वाला नेतृत्वको विद्रोही समूहले नेता नेपालको सिग्नल पर्खिरहेको छ ।
नेता दल रावलका अनुसार संसदीय दलका नेता यामलाल कँडेलले बोलाउनुभएको बैठक सुरु हुनुअघि कँडेल र ज्वालाबीच छलफल भइरहेको छ । स्रोतका अनुसार ज्वालाले मुख्यमन्त्रीमा दुवै पक्षले शेयर गर्नुपर्ने र अहिलेका तीन मन्त्रीलाई निरन्तरता दिनुपर्ने माग गर्नुभएको छ ।
दुवै पक्षको सहमति भए कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा एमालेले विपक्षमा मतदान गर्नेछ । एमाले एकढिक्का भए नीति तथा कार्यक्रम असफल हुनेछ र बहुमत गुमाउँदै सरकार ढल्नेछ ।
प्रतिक्रिया