अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा-दाहाल नेपाल निवास गएकोमा एमाले नेताहरू सशंकित

देउवा-दाहाल नेपाल निवास गएकोमा एमाले नेताहरू सशंकित


काठमाडौं– एमाले एकतातर्फ अघि बढिरहेकाबेला कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल निवास गएकोमा एमाले नेताहरु सशंकित भएका छन् ।

एमालेका असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै घरमा देउवा र दाहाल जानुभएको थियो ।

एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन एमाले सक्ने योजनासहित बनाइएको दाबी गर्नुभयो । ‘अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन नेकपा एमालेलाई कमजोर बनाई समाप्त गर्नका लागि होु, उहाँले भन्नुभएको छ, ‘नेकपा एमालेका कोही नेता रनभुलमा आफ्नो घरमा आगो लगाएर खुसियालीमा नरमाऊ।’

यहाँले यस्तो कदम नसच्याए इतिहासले धिक्कार्ने पनि बताउनुभयो । ‘यस्तो कामलाई इतिहासले धिक्कार्नेछु, उनले भनेका छन्, ‘पछि आँसु पुछ्नेवाला कोही नभेटिएला। नेपालको जय होस् नेकपा एमालेको जय होस्।’

एमाले नेता एवं पूर्वसांसद पदम गिरीले पनि देउवा र दाहालको सक्रियताप्रति आशंका व्यक्त गर्नुभएको छ । ‘एमालेको एकता कायम राख्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली जस्तो सुकै योगदान दिन तयार भएसँगै देउवा र प्रचण्डहरु माधव नेपालको घरमा गएर उक्साउने र एकता भाँड्ने कोसिस भएको छ,’ उहाँले भन्नुभयो, ‘अरुको पार्टी फुटाउन हिँड्ने कस्तो लोकतान्त्रिक अभ्यास हो ? कांग्रेसमाथि सधैं यो प्रश्न उठिरहनेछ ।’