अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री पद ‘सरप्राइज’ जस्तै भयो : राज्यमन्त्री विक

मन्त्री पद ‘सरप्राइज’ जस्तै भयो : राज्यमन्त्री विक


काठमाडौं- वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विकले इमान्दाररिताका साथ गरेकैले आफूले राज्य मन्त्रीको पद पाएको बताउनुभएको छ । एक युट्युब च्यानलसँगको कुराकानीमा उहाँले संकटको बेला पार्टीको पक्षमा उभिँदा तथा संसदमा इमान्दार भएर काम गर्दा आज आफूले राज्य मन्त्रीको जिम्मेवारी पाएको बताउनुभएको हो ।

राज्यमन्त्री विकले मन्त्री पद ‘सरप्राइज जस्तै’ भएकोसमेत बताउनुभयो । ‘मैले विगतमा मन्त्री हुन त पैसा चािहन्छ रे, मन्त्री हुन पावर चाहिन्छ रे, मन्त्री हुन केके चाहिन्छ क्राइट एरिया चाहिन्छ रे । तर, मैले ती केही क्राइट एरिया पार गरिन । मैले इमान्दारिताको साथ सांसद पदको भूमिका निर्वाह गर्नको लागि मैले हर प्रयास गरे,’ उहाँले भन्नुभयो, ‘जिम्मेवारीदेखि भाग्नुहुन्न, मैले सकेजति जनताको उत्तरदायी बनेर काम गर्नुपर्छ, मैले जवाफ दिनुपर्छ भन्नेतिर लागे । यो मन्त्री पद चाहिँ मलाई ‘सरप्राइज’ जस्तो नै भयो ।’

उहाँले आफूलाई मन्त्री बनाउनका लागि कसैलाई पनि दबाब नदिएकोसमेत उल्लेख गर्नुभयो । ‘मैले कहिले पनि वालुवाटार गएर मलाई मन्त्री बनाइदिनुस्, शितल निवास गएर राष्ट्रपतिलाई मैले मलाई मन्त्री बनाइदिनुस् भनेर मैले कहिल्यै भनि न । यहाँसम्म कि मैले जिल्लाका नेताहरू, प्रदेशका नेताहरू समक्ष धाएर रोइकराई गरेर मन्त्री बनाइदिनुस् भनेर कहिल्यै दबाब दिइन,’ राज्यमन्त्री विकले भन्नुभयो ।

संसदमा इमानदारिताका साथ भूमिका निर्वाह गरेको देखेर आफूलाई प्रधानमन्त्रीले राज्यमन्त्रीको जिम्मेवारी दिएको उहाँले बताउनुभयो ।

‘प्रधानमन्त्री ज्यूले मैले इमानदारिताका साथ संसदमा तीन वर्ष बिताएको कुरालाई पनि वाच गर्नु भएको थियो होला । म दलित पनि हो, महिला पनि हो । दुर्गमबाट पनि प्रतिनिधित्व गर्छु,’ राज्य मन्त्री विकले भन्नुभयो, ‘पढाईलेखाईका हिसाबले मसँग चाहिँने योग्यता पनि छ । सरकारका सकारात्मक काममा म जहिले पनि समर्थन गरिरहेको छु । सबैभन्दा ठूलो कुरा इमानदारिताको साथ काम गर्दा नै अहिले यो जिम्मेवारी पाएको हुन सक्छु । पार्टीलाई अप्ठ्यारो पर्दा पार्टीको पक्षमा उभिएको कारणले पनि प्रधानमन्त्री ज्यूले राज्यमन्त्रीको जिम्मेवारी दिएको हुन सक्छ ।’

राज्यमन्त्री विक बझाङबाट संसदमा प्रतिनिधित्वसमेत गर्नुहुन्छ । निवर्तमान सांसदसमेत रहनुभएका उहाँले बझाङमा भएका विकास निर्माणका कामलाई अगाडि बढाउन वा जिल्लामा ठूला आयोजना ल्याउनमा अर्का निवर्तमान सांसद भैरवबहादुर सिंहको पनि महत्वपूर्ण भूमिका हरेको बताउनुभयो ।

‘बझाङमा विकास बजेटको अभाव छैन । कार्यान्वयनको कुरा चुनौती छ । माननिय भैरवबहादुर, मेरो पहलमा बझाङमा धेरै आयोजना परेका छन्,’ राज्यमन्त्री विकले भन्नुभयो ।