अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणी नदीमा बाढीले चेतावनी तह नाघ्यो

नारायणी नदीमा बाढीले चेतावनी तह नाघ्यो


चितवन- अविल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले चेतावनी तह पार गरेको छ । नारायणी नदीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देवघाटमा नारायणीको बाढीको सतह ७.३ मिटरलाई चेतावनी तह मानिन्छ । पछिल्लो पटक गरिएको मापन अनुसार बाढीको सतह ७.५१ मिटर नाघेको छ। पानीको सतह बढ्दो रहेको विभागको बाढी पूर्वानुमान प्रभागले जनाएको छ।

त्यसैगरी, बढीगाडमा नारायणीको चेतावनी तह ३.५ मिटर रहेकोमा अहिले बाढीको सतहले ३.५६ मिटर नाघिसकेको छ ।

चितवनमा पछिल्लो एक घण्टा भन्दा बढी समयदेखि चेतावनी तहको रुपमा वर्षा भइरहेको छ ।

जिल्लाको विभिन्न स्थानमा भीषण वर्षा भइरहेकोले विपदबाट जोगिन विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।