पोखरा- गण्डकी प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई १ करोड बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताउनुभएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैँले लिनुभएका कारण मुख्यमन्त्री पोखरेलले नै बजेट वाचन गर्नु भएको हो ।
उहाँले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि घोषणा गर्नुभयो । कोभिड-१९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया