अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङको चामेमा बाढीले ६ घर बगायो

मनाङको चामेमा बाढीले ६ घर बगायो


पोखरा- मनाङको दुई वटा खोलामा आएको बाढीले सदरमुकाम चामेमा ६ घर बगाएको छ । बजारका अन्य थुप्रै पसल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ डीएसपी सुवास खड्काले भन्नुभयो, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’

डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताउनुभयो । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौ,’ उहाँले भन्नुभयो ।