अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट, यस्ता छन् प्राथमिकताका क्षेत्र

प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट, यस्ता छन् प्राथमिकताका क्षेत्र


धनुषा- प्रदेश २ सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेट ल्याएको छ । बजेटको चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्ति व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रस्तुत गरेको बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३ अर्ब २ करोड १ लाख, वित्तीय समानीकरण अनुदान ५ अर्ब २६ करोड ५० लाख, समपुरक अनुदान ९२ लाख, विशेष अनुदानबाट १३ कारोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब १० करोड ७५ लाख र राजश्व बाँडफाँडबाट ५ अर्ब ९८ करोड २४ लाख उल्लेख छ । बजेटमा कोरोना संक्रमण रोकथाम, निण्यन्त्रण तथा उपचारका लागि नागरिकको ज्यान रक्षा प्राथमिकतामा राखिएको छ ।

प्रदेश २ सरकारले कोरोना रोकथाम नियन्त्रण उपचाकरका लागि आवश्यक औषधि, किट्स लगायतका स्वास्थ्य समाग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मन्त्री यादवले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अगामी अर्थिक वर्षका लागि मृगौला रोगीलाई मध्यनजर गर्दै ३५ वटा डाइलयाइसिस मेसिन उपचार खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । त्यस्तै, जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट अनुसन्धानका लागि चालू आर्थिक वर्षमा ९ करोड बुझाइसकेको र अगामी आर्थिक वर्षका लागि १० करोड विनियोजन गरिएको छ ।

एडाभन्स सिटि स्कयान मेसिन, आईसीयूका लागि प्रादेशिक अस्पतालाई १९ करोड रुपौयाँ विनियोजन गरिएको छ ।