अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा बाढीले ठूलो मानवीय क्षती ५० जना भन्दा बढी बेपत्ता

सिन्धुपाल्चोकमा बाढीले ठूलो मानवीय क्षती ५० जना भन्दा बढी बेपत्ता


काठमाडौं -मेलम्ची र इन्द्रावतीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय र भौतिक क्षती भएको छ ।
स्थानीय बासिन्दाका अनुसार त्यहाँ करिब ५० जना भन्दा मानिसहरु बेपत्ता भएका छन् । बाढीले मेलम्ची खानोपानी आयोजनाको ड्याममा क्षती पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बाढीले क्षतबिक्षत बनाएको छ ।
स्वास्थ्य मन्त्री शेरबहादुर तामाङका अनुसार नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल समेत बाढीले बगाएको तामाङले जानकारी दिनुभयो ।
क्षतीको थप विवरण आउन बाँकी छ ।