अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२५० जना सुरक्षाकर्मीको उद्दार टोली मेलम्चीमा

२५० जना सुरक्षाकर्मीको उद्दार टोली मेलम्चीमा


सिन्धुपाल्चोक– तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो ।

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ । दर्जनौं हराइरहेका छन् ।