अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ जना गम्भीर घाइते

स्याङ्जामा जीप दुर्घटना : एकको मृत्यु, ६ जना गम्भीर घाइते


स्याङ्जा- भीरकोट नगरपालिकामा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका-३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।

भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङठाटीको कच्ची सडक खण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएकोमा अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

दुर्घटनामा भीरकोट नगरपालिका-३ का ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीय प्रतिमा परियार, ४८ वर्षीय रुक बहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिका बस्ने २४ वर्षीय दिनेश परिवार गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते छ जनाकै गण्डकी मेडिकल कलेजमा थप उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो ।