अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कार्यकर्तालाई एमालेको निर्देशन : बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा परिचालित हुनुहोस्

कार्यकर्तालाई एमालेको निर्देशन : बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा परिचालित हुनुहोस्


काठमाडौं- सत्तारुढ दल नेकपा एमालेले देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी बिचल्ली परेका तथा बेपत्ता भएका नागरिकको उद्धार र राहत वितरण गर्नमा जुट्न सबैलाई आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एमालेले बिपत्तिको घढीमा स्वयंसेवी भावनाका साथ उद्धार र राहत कार्यमा सम्पूर्णरूपमा परिचालित हुन सबै जनप्रतिनिधि, पार्टी कमिटी र युवा पङ्तिलाई आह्वान गरेको हो ।

साथै, पार्टीले उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउनसमेत सरकारसँग माग गरेको छ ।

‘नेकपा (एमाले) तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतककका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘भर्खरै सरकारले विपद् प्रतिकार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिकाविरुद्ध परिचालित गर्ने निर्णय गरेको छ । पारित कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक छ ।’

साथै, एमालेले ज्यान जोखिममा राखेर उद्धार कार्यमा खर्टिका सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गर्नुका साथै मृतप्रति श्रद्धाञ्जलि र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ ।