कैलाली- एमाले नेता एवम् खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । उहाँको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
कोरोना संक्रमण निको नभएपछि काठमाडौं लैजाने तयारी गर्दै गर्दा उहाँको बुधबार दिउँसो निधन भएको हो।
दुई हप्ताअघि संक्रमण पुष्टि भएका रोकायालाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको थियो ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खप्तड छान्ना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासीसमेत रहनुभएका रोकाया खप्तड छान्ना गाउँपालिकामा लोकप्रिय समाजसेवीको रूपमा पनि परिचित हुनुहुन्छ ।
प्रतिक्रिया