काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुुरले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत भएको बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै यादवले बोलाएको बैठकबाट हुने सबै निर्णयहरू आफूहरूको लागि अमान्य हुने उल्लेख गर्दै त्यस प्रकारको कुनै बैठक नरहेको बताउनुभएको हो ।
उहाँले कार्यकारिणी समितिका सदस्यहरूलाई सो बैठकमा सहभागी नहुनका लागि आग्रहसमेत गर्नु भएको छ ।
साथै, अध्यक्ष ठाकुरले असार ३ गते जसपाको कुनै पनि बैठक नरहेको जानकारी निर्वाचन आयोगलाई समेत गराउनुभएको छ ।
प्रतिक्रिया