अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छापामाध्यमलाई बचाउन सक्दो पहल गर्छु : काउन्सिल अध्यक्ष बस्नेत

छापामाध्यमलाई बचाउन सक्दो पहल गर्छु : काउन्सिल अध्यक्ष बस्नेत


काठमाडौं- नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई बधाई तथा शुभकामना दिएको छ ।

सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिनुभएको हो ।

काउन्सिलका निवर्तमान कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहितको सहभागिता थियो ।

यसैबीच, आजै कोरोना लगायत कारणले समस्यामा परेका छापामाध्यमको विकासमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।

छलफलमा अध्यक्ष बस्नेतले राज्यको तर्फबाट छापामाध्यमलाई बचाउनको लागि गर्न सक्ने काममा सक्दो पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताउनुभयो ।

पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस् भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताउनुभयो ।

निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो ।