अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा रहेका श्रमिकलाई सरकारको राहतः नसक्नेको क्वारेन्टिन खर्च सरकारले नै व्योहोर्ने

विदेशमा रहेका श्रमिकलाई सरकारको राहतः नसक्नेको क्वारेन्टिन खर्च सरकारले नै व्योहोर्ने


काठमाडौं– वैदेशिक रोजगारमा समस्यामा परेकाहरुलाई सरकारले राहत दिने भएको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

१५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने सीसीएमसीले निर्णय गरेको छ ।

यसैबीच सरकारले कोरोना संक्रमण र मृत्यु दर घट्दै गएपछि उपत्यकासहितका जिल्लाहरुमा निषेधाज्ञा हटाउँदै जाने नीति लिएको छ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको हो ।