अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मणिकान्त फेरि महारागञ्जमै

मणिकान्त फेरि महारागञ्जमै


काठमाडौं– कथित सामाजिक अभियन्तासँगको विवादपछि सरुवा गरिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जका प्रहरी सहायक निरीक्षक ९असई० मणिकान्त झालाई पुनः पुरानै ठाउँमा फर्काइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा सरुवा गरेको भन्दै प्रहरीको आलोचना भएपछि झाको काज सरुवा बदर गरिएको हो । उहाँ बुधबार नै महारागञ्ज हाजिर हुनुभएको छ ।

ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले क्षेत्रीयतावादी शब्दसमेत प्रयोग गर्दै असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए ।