अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको कुप्रचार गर्नेविरुद्ध प्रतिवाद गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

सरकारको कुप्रचार गर्नेविरुद्ध प्रतिवाद गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका विरुद्धमा विरोधीहरूले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिनुभएको हो ।

‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुला नछोडिने गरेका कारण डुबान भएको भन्दै उहाँले यसवर्ष बाँधलाई खोलिएको बताउनुभयो । अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिँदै जाने प्रधानमन्त्री ओलीको भनाई थियो ।

बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौं । अरू ठाउँमा पनि खोल्दै जानु आवश्यक छ। यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौं ।’