अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोपा अमेरिका : पेरुको सामना गर्दै ब्राजिल

कोपा अमेरिका : पेरुको सामना गर्दै ब्राजिल


काठमाडौं- कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत साविक विजेता ब्राजिलले आफ्नो दोस्रो खेल खेल्दैछ ।

समूह ‘बी’ अन्तर्गतको खेलमा ब्राजिलले शुक्रबार विहान ५:४५ बजे पेरूसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो । पेरूले भने पहिलो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा ब्राजिलको जितमा नेयमारले महत्वपूर्ण योगदान दिनुभयो । उहाँले पहिलो गोल गर्दा अर्को गोलका लागि पास दिनुभएको थियो ।

कोपा अमेरिकामा ब्राजिल र पेरूबीच अहिलेसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमा ब्राजिल १३ खेलमा विजयी भएको छ । तीन खेलमा पेरूले जित हात पारेको छ । तीन खेल बराबरीमा सकिएका छन् ।

पेरूले पछिल्लो १० अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र गोल खाएको छैन । ब्राजिल र पेरुबीचको खेलअघि समूह ‘ए’ कै खेलमा कोलम्बिया र भेनेजुएलाबीच खेल हुनेछ ।

खेल राति २स्४५ हुनेछ। पहिलो खेलमा कोलम्बियाले इक्वेइडरलाई १-० गोलले हराएको थियो ।